प्रतिनिधिसभा

प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पास गर्ने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ९, आईतबार (११ महिना अघि)
  • ८२ पटक पढिएको
प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पास गर्ने तयारी

असार ९, काठमाण्डौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठकबाट आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक पास गर्ने तयारी छ । ​

बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकको सुरुमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम तय भएको छ ।

#प्रतिनिधिसभा

ताजा अपडेट

खोजी गर्नुहोस