नेपालको स्याटेलाइट भारतले अन्तरिक्षमा प्रक्षेपण गरिदिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २७, आईतबार (९ महिना अघि)
  • १०८ पटक पढिएको
नेपालको स्याटेलाइट भारतले अन्तरिक्षमा प्रक्षेपण गरिदिने

साउन २७, काठमाडौँ । नेपालको स्याटेलाइटलाई भारतले अन्तरिक्षमा प्रक्षेपण गरिदिने भएको छ । भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले यो स्याटेलाइटलाई अन्तरिक्षमा प्रक्षेपण गरिदिने भएको हो ।

नेपालको मुनाल स्याटेलाइट प्रक्षेपण गर्न भारतको विदेश मन्त्रालय र न्यू स्पेस इन्डिया लिमिटेड बीच अगस्ट १० मा समझदारी पत्रमा हस्ताक्षर भएको हो । यसअघि भारतको विदेश मन्त्रालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग यसको सम्झौता गरेको थियो ।

यस वर्षको जनवरीमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा एनएसआईएल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट बीच यसको सुरुवात गर्ने सम्झौता भएको थियो । एनएसआइएल भारतको अन्तरिक्ष एजेन्सी इसरोको व्यावसायिक शाखा हो ।

ताजा अपडेट

खोजी गर्नुहोस