‘देउवाको नेृत्वमा पार्टीको जनाधार खुम्चिएको निर्वाचनले पुष्टि गरिसकेको छ’ : शेखर कोइराला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २७, आईतबार (९ महिना अघि)
  • ७७ पटक पढिएको
‘देउवाको नेृत्वमा पार्टीको जनाधार खुम्चिएको निर्वाचनले पुष्टि गरिसकेको छ’ : शेखर कोइराला

साउन २७, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १५ औं महाधिवेशन गर्ने सुनिश्चितता गर्न माग गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै कोइरालाले ०८२ मंसिरमा हुने महाधिवेशनको सुनिश्चितता यही केन्द्रीय समिति बैठकले नै गर्नुपर्ने बताएका हुन् ।

यो वा त्यो वहानामा महाधिवेशन सारे त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजाने उल्लेख गर्दै उनले भने, ‘कांग्रेसको १५औं महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौं । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔं ।’

शेरबहादुर देउवाको नेृत्वमा पार्टीको जनाधार खुम्चिएको निर्वाचनले पुष्टि गरेको कोइरालाको भनाइ छ । गठबन्धनको कारण ठूलो दलको रूपमा संसदमा उपस्थित भए पनि कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले प्रस्ट पारको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस