पार्टी कार्यालय निर्माणका लागि प्रभु साहले मागे मिनबहादुरसँग जग्गा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २९, मंगलबार (७ महिना अघि)
  • २५ पटक पढिएको
पार्टी कार्यालय निर्माणका लागि प्रभु साहले मागे मिनबहादुरसँग जग्गा

असाेज २९, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसँग जग्गा माग गरेका छन् ।

दशैं, दिपावली एंव छठ पर्वको शुभ अवसरमा मंगलबार सिरहाको गोलबजारमा आजपा सिरहा जिल्ला कमिटीद्वारा आयोजित शुभकामना तथा भेटघाट कार्यक्रममा सहभागी साहले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङसँग जग्गा माग गरेका हुन् ।

‘अर्बौंको सम्पत्ति भएको, केन्द्रदेखि प्रदेश, पालिका सरकारमा सहभागी नेकपा (एमाले) लाई जग्गा दान गरी पार्टी कार्यालय बनाइदिने भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि !’ उनले भने।

ताजा अपडेट

खोजी गर्नुहोस