भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले संसदमा जवाफ दिने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ १३, मंगलबार (२ हप्ता अघि)
  • ७४ पटक पढिएको
भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले संसदमा जवाफ दिने

जेठ १३, काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई मुछेको भन्दै त्यसको संसदमा जवाफ दिने भएका छन् ।

मन्त्री लेखकले विशेष समय लिएर त्यस बारेमा प्रष्ट पार्ने जनाइएको छ । यद्यपि विपक्षी दलहरुले भने मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै संसद अवरोध गर्ने बताइरहेका छन् ।

भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीमाथि अख्तियारले छानबिन गर्ने भएपछि त्यसको अघिल्लो दिन नै सरुवा गरिएको थियो ।

यो प्रकरणमा गृहमन्त्री लेखक र उनको सचिवालय संलग्न रहेको भन्दै आलोचना हुँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस