पोखरामा अस्पताल अगाडि महिलाले आफैंलाई आगो लगाइन्

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष १६, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष १६, कास्की । पोखरामा एक महिलाले अस्पतालअगाडि आफैंलाई आगो लगाएकी छिन् ।

पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल खन्याएर आगो लगाएर जल्ने प्रयास गरेकी हुन् । आफैंलाई आगो लगाएर महिला बाटोमा लडिबुडी खेलेपछि प्रत्यक्षदर्शीले आगो निभाएका थिए ।

उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको फोटो खिचेका प्रत्यक्षदर्शी सुरज गुरुङका अनुसार उनी भारतीय महिला हुन् । उनले आफैंलाई किन जलाइन् भन्ने खुलिसकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस