हँसियाले घाँटी रेटेर हत्या

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष २३, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष २३, बेझाड । रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ । रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन् ।

आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँमा दुई व्यक्तिबीच आपसी झपडा हुँदा सो घटना घटेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । घटनामा संलग्न मनोज थापालाई गएराती पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पा पठाइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिं रानाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस