भोलिदेखि मौसम सफा हुने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष २३, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष २३, काठमाडौं । काठमाडौं । देशका धेरै ठाउँमा हिमपात भएको छ ।

रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, रुकुम, बैतडी, तथाकाठमाडौंका चन्द्रागिरि, फुलचोकी, दामनलगायत ठाउँमा हिमपात भएको हो । हिमपातका कारण यी ठाउँको जनप्रभावित भएको छ । जुम्लामा अहिले आधा फिटसम्म हिउँ जमेको छ । हिमपात भएपछि यातायातसमेत प्रभावित भएको छ ।

जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलब ४ डिग्री सेल्सियसमा झरेको छ । हिमपातका कारण हुम्लामा शनिबारदेखि हवाई सेवा ठप्प समस्या भएको स्थानीयबासीन्दाले बताएका छन् । अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली छ ।

तर भोलिदेखि मौसम सफा हुने अनुमान गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए। पश्चिमी वायु नेपालबाट बाहिरिने सम्भावना रहेकाले भोलिदेखि घाम लाग्ने उनले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस