हिमालपारी ताल जम्ने चिसो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष २४, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष २४, काठमाडौं । हिमालपारिको जिल्लाको नामले चिनिएको मुस्ताङमा चिसोले ताल जम्न थालेको छ।

चिसोको कारण तलतलैयासमेत जम्न थालेपछि जनजीवन कष्टकर भएको छ। चिसोको कारण बजार सुनसान भएको छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ।

चिसोले दिउँसोको तापक्रम समेत माइनस १ डिग्रीमा झरेको छ। सदरमुकाम जोमसोम आसपासका डाँडा र खोँच हिमपातले सेताम्य बनेका छन्।

‘तालको पानी समेत जम्नेगरी चिसो वढेको छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोमस्थित संरक्षण अधिकृत तुलसी दाहालले भने, ‘बिहानको चिसो झनै बढी छ। माइनस ७ डिग्रीसम्म तापक्रम ओर्लेको छ।’

हिमपातले किसान खुसी भएपनि चिसोले बसाई असहज बनेको छ। पानी जमेपछि दैनिकी अप्ठेरो भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस