होटल र्‍याडिसनका अध्यक्ष श्रेष्ठको निधन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष २५, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाडौं । होटल र्‍याडिसनका अध्यक्ष गोविन्ददास श्रेष्ठको बुधबार निधन भएको छ ।

होटल एशोसिएशन अफ नेपाल (हान)का सक्रिय सदस्य श्रेष्ठको ८७ वर्षको उमेरमा भारतको मुम्बईस्थित लीलावती अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।

हानका अध्यक्ष अमरमान शाक्यले एक शोक पत्र जारी गर्दै आफ्नो सदस्य पाँचतारे होटल र्‍याडिसनका सञ्चालकको निधनले संस्थाका समस्त सदस्यलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।

‘स्व श्रेष्ठले पर्यटन क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ,’ शोक पत्रमा भनिएको छ ।

स्व श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस