रवि र इशाबीच सम्बन्ध विच्छेदः दुनियाँलाई तमासा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौं । उत्सवबाट सुरु हुने वैवाहिक सम्बन्ध तमासा बनाएर टुंग्याउन कसले चाहला ? जीवन हो, सधैँ चाहेको मात्रै कहाँ हुन्छ ?

हुन्थ्यो भने त टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र ईशा श्रेष्ठबीच सुरु भएको वैवाहिक यात्रा २४ वर्षपछि तमासा बनेर टुंगिदैनथ्यो। यो खबर आजको शुक्रबार साप्ताहिकमा अनिल यादवले लेखेका छन्।

अमेरिकामा रहेकी ईशा नेपाल आएर मंसिर ९ मा रविसँग छोडपत्र गरेर उतै फर्किइन्। रवि यतै छन्।

ईशाले रविलाई चौथो श्रीमतीको लागि शुभकामना दिँदा रविले श्रीमतीको प्रेमी गनेर बस्न नसकेको तितो प्रतिक्रिया फेसबुकमार्फत् सार्वजनिक गरेर व्यक्तिगत जीवनलाई तमासा बनाएका छन्।

इशाले आफूसँग डिभोर्सै नगरी रविले अर्की युवतीसँग विवाह गरेर छोरा जन्माएको बताएकी छन्।

रविले भने श्रीमतीका प्रेमी गनेर बस्न नसकेपछि छोडपत्र गरेको बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस