कोरियाका लागि १० हजार ५० जना माग, फाराम भर्ने म्याद चैत ८ देखि १७ सम्म

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन २८, काठमाडौँ । सरकारले दक्षिण कोरिया जान लिने भाषा परीक्षाको मिति तोकेको छ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जनाएको छ।

परीक्षामा सहभागी हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ।

फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइने शाखाले जनाएको छ। सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो। कोरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारी स्तरमै कामदार लैजाने सम्झौता गरेको थियो।

यो वर्ष कोरियाले १० हजार ५० जना लैजाने भएको छ, जसमा उत्पादक मुलक क्षेत्रमा सात हजार ५० जना र कृषि क्षेत्रमा ती हजार लैजाने तयारी भएको छ। हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको ईपीएस कोरिया शाखाले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस