जलवायु परिवर्तनले वर्षेनी नेपालमा ९० अर्ब नोक्सान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ३, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत ३, काठमाडौँ । विश्वमा वढ्दै गएको जलवायु परिवर्तनको समस्याका कारण नेपालले वर्षेनी झण्डै ९० अर्बको आर्थिक नोक्सानी बेहोर्नुपरेको छ।

वन तथा वातावरण मन्त्रालयले तयार पारेको जलवायु परिवर्तनसम्बन्धी नीतिको प्रस्तावित मस्यौदामा जलवायु परिवर्तनका कारण मुलुकको कुल गार्हस्थ उत्पादनको करिब २ देखि ३ प्रतिशत अर्थात ६० देखि ९० अर्ब रुपैयाँ नोक्सानी हुने गरेको उल्लेख गरिएको छ।

जलवायु परिवर्तनको कारण कृषि तथा खाद्यान्न, जलश्रोत, वन तथा जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन, उर्जा, जल, सिंचाई, बसोबास तथा पुर्वाधारलगायतका क्षेत्रमा प्रतिकूल प्रभाव पर्न थालेको प्रस्तावित मस्यौदामा भनिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस