जेठ २१, काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया खोल्न र धरौटी रकमको ब्याज दिनुपर्नेलगायत ६ बुँदे माग पूरा नगरेको भन्दै कामदारको उडान शुक्रबारदेखि बन्द गरेका छन्।
व्यवसायीले कामदारको उडान बन्द गर्दा त्रिभुवन विमानस्थल सुनसान बनेको छ।
यात्रु नभएपछि फ्लाई दुबई र एयर अरेबियाले सोमबारको उडान रद्द गरेका छन्।
व्यवसायीले कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स(यूएई), कुवेत र बहराइनलगायत प्रमुख गन्तव्यमा जाने कामदारलाई नपठाएका हुन्।
उनीहरूले टिकट खरिद गरेका छैनन्। रोजगारदाताद्वारा पठाइएका टिकटसमेत रद्द गरिदिएका छन्।