युवा ‘ज्योतिषी’ अर्जुन थापा किन पक्राउ परे ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २१, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाडौँ । भूकम्प आउँदै छ भन्दै सर्वसाधारणमा डर त्रास फैलाएको आरोपमा युवा ज्योतिषी अर्जुनकुमार थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

यूट्युब च्यानलमा जेठ १७ देखि २९ गतेभित्र नेपालमा महाभूकम्प आउँछ भन्दै थापाले गरेको भविस्यवाणीले भ्रम सृजना गरि सर्वसाधारणमा डरत्रास सृजना गरेको आरोप प्रहरीको छ।

भोजपुरको जरायोटार स्थायी घर भएका थापाले काठमाडौ‌ंको सिनामगंलमा काशि विश्वनाथ रत्न प्राली नामक ज्योतिष हेर्ने संस्था चलाउँदै आएका थिए।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले विपद् जोखिम न्यूनिकरण व्यवस्थापन एनअनुसार सर्वसाधारणमा विपत्ती आउँदै छ भनेर भ्रम छरेको कसुरमा थापालाई नियन्त्रणमा लिइएको बताए। कानुनअनुसार थापालाई ६ महिनासम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने छ।

प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा थापाले आफुले ज्योतिष शास्त्रमा मास्टर्स गरिरहेको र भारतको भोलागिरी आश्रमबाट आचार्य गरेको बताएका छन्। थापाले आफ्नै नामको ज्योतिष अर्जुन क्षेत्री नामक युट्युब च्यानलमा एक साताअघि अब देशमा ठुलो महाविपत्ती, महाभुकम्प,रक्तपात हुँदै छ शीर्षक राखेर भिडियो अपलोड गरेका थिए।

थापासँग विभिन्न सन्दर्मा लिइएका अन्तर्वार्ता पनि विभिन्न युट्युव च्यानलहरुमा छ्यापछ्याप्ती भेटिन्छन्।

ताजा अपडेट

खोजी गर्नुहोस