जेठ २९, काठमाडौँ । कैलाली र कञ्चनपुर जिल्लामा बुधबार बिहानदेखि फेरि आँधीबेहरी सुरु भएको छ ।
बिहानैदेखि अचानक आँधीबेहरीसँगै वर्षा सुरु भएपछि जनजीवन प्रभावित भएको कैलालीका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।
यस अघि गत बिहीबार साँझको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सय भन्दा धेरै घाइते भएका थिए ।
बिहीबारको हुरीका कारण घरबारबिहिन भएकाहरु फेरि हुरी चलेपछि बिचल्लीमा परेका छन् । कैलालीका हुरी पीडितहरुले राहत पाउन सकेका छैनन् ।