गम्भीर गल्ती गर्दा एक वर्षमा एसपीसहित २५६ प्रहरीले जागिर गुमाए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण १३, सोमबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाडौँ । पछिल्लो एक वर्षमा भ्रष्टाचारसहितका गम्भीर गल्ती गर्ने दुई सय ५६ प्रहरीले जागिर गुमाएका छन्।

उनीहरुमध्ये दुई सय ४९ लाई सेवाबाट हटाइएको र सातजनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

तत्कालिन एसपी डिल्ली विष्टसहितका दुई सय ४९ प्रहरी सेवाबाट हटाइएका हुन्।

यसबीचमा १८ सय प्रहरी विभागिय कारबाहीमा परेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस