माघ २, काठमाण्डौ । आज बिहिबार काठमाण्डौमा तरकारीको मुल्यममा केही वृद्धि भएको छ । कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ९० रुपैयाँ रहेको छ । त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ५० रुपैयाँ, रातो आलु प्रतिकिलो ६५ रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो १४० रुपैयाँ, चाइनिज सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ, लोकल गाजर प्रतिकिलो ८० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।
त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ६० रुपैयाँ, भिण्डी प्रतिकिलो १४०रुपैयाँ, स्कुस प्रतिकिलो ५५ रुपैयाँ, पालुगो , मेथी र चम्सुरको साग प्रतिकिलो ११० रुपैयाँमा किनबेच भइरहेको छ ।