महिलाद्धारा सञ्चालित छत्रेदेउराली सामाजिक उद्यमी महिला सहकारी संस्थाको प्रभावकारिता बढ्दो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १७, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

सन्तोष सुबेदी
फाल्गुण १७, छत्रेदेउराली । परियोजना अनुगमन तथा समन्वय समीतीद्धारा फिल्ड अनुगमन र श्री छत्रेदेउराली सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हेफर ईन्टरनेशनल नेपाल र फोकस नेपालको संयुक्त रुपमा सञ्चालित पशुबस्तुको मुल्य शृङ्खलामा आधारित साना किसानहरुको सँस्था सवलीकरण परियोजना अन्तर्गत रहेर सञ्चालित यस परियोजनाले जिउँदो खसि बाख्रा संकलन, तरकारी संकलन, मल बितरण लगायतका कृषि क्षेत्रमा रहेर काम गर्दै आईरहेको छ ।

परियोजना सञ्चालन गर्ने संस्था र समुदायका लागी कार्यक्रमको दिगोपना र संस्थागत विकासको लागि छरिएर रहेको पुँजीलाई एकत्रित गरी समूहहरुलाई सहकारीमा रुपान्तरण गर्ने आवश्यकता महशुस भएपछि परियोजनामा आवद्ध ५७ वटा समूहका ५७ जना प्रतिनिधि सदस्यहरुबाट डिभिजन सहकारी कार्यालय धादीङमा गएर संस्था दर्ता भएकोमा अहिले झण्डै १३ सय भन्दा बढी शेयर सदस्यहरु रहेका छन् ।

सहकारीले सामाजिक पुँजि निमार्णमा योगदान गर्दै कृषि तथा पशुपालनमा आधारीत ब्यवसायहरु प्रर्वधन तथा उत्पादन गरीएको उपजको बजारीकरण गर्ने र महिला शसक्तीकरणमा जोड दिदै सामुदायिक विकासको क्षेत्रमा कार्य गर्ने यदेश्यले स्थापित यस सहकारी अहिले अन्य सहकारीभन्दा अब्बल बनेर काम गरिरहेको छ । अहिले सहकारीको आम्दानी ३ करोड ६३ लाख २ हजार ९ सय ४६ रहेको छ । यसका साथै खर्च १ करोड २९ लाख ४ हजार ७३ रहेको छ । ब्याज खर्च ३ लाख ५१ हजार २ सय ३८ साथै नाफा १ करोड ९८ लाख ७६ हजार ३५ रहेको सहकारी सँस्थाले जानकारी दिएको छ ।

अहिले कृषि सहकारी बैक संग समन्वय गरी ३० जना महिला उधमी लाई रु १ करोड ऋण लगानी गर्न प्रकृया अगाडी बढाईएको समेत सहकारीले जनाएको छ । सहकारी बाट लगानी गरीएको जम्मा कर्जाको ७०५ कर्जा उत्पादन क्षेत्र मा लगानी भएको छ । यस सहकारी सँस्थाले २०७२र१२र१४ मा ५७ जना बाट यात्रा तय गरेकोमा २०७६ साल फल्गुण १५ सम्म आईपूग्दा धुनिवेशिनगरपालीका १ र २ मा सम्पूर्ण घरधूरी समेट्ने हेतूले साबिकको छत्रेदेउराली गा।बि।स को वडा नं १ देखि ९ मा रहेका १२९७ घरधूरीका १२२९ जना महिला सदस्य र २३ जना पुरुष थप गरी १३१५ जना शेयर सदस्य बनाउन सफल भएको छ ।

यस सहकारी सँस्थाले ऋण लगानी पनि गरेको छ । जसमा अन्य कृषि कर्जा, ८६९००, लोकल कुखरा स् १५०००००, वैदेशिक रोजगार १००००००, तरकारी कर्जा ७००००००, सामाजीक कर्जा १५०००००, बाख्रापालन कर्जा ५००००००,ऋण लगानी को रकम ३,६११४२४८ र ऋणी सदस्य संख्या ९१५ जना रहेको सहकारी सँस्थाका अध्यक्ष नरमाया तामाङले जानकारी दिईन् ।

ताजा अपडेट

खोजी गर्नुहोस