फाल्गुण २१, काठमाडौं । हिमालय यरलाइन्सले पाँचौं वार्षिकोत्सवको अवसरमा नयाँ ए ३१९–११५ विमान थप गरेको छ । उपाध्यक्ष–अपरेसन्स, क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिœयाएको हो ।
धेरैको पर्खाइमा रहेको नयाँ विमान एमएसएन ९०२० दर्ता नम्बर ९ एन–एजेके, स्थानीय समय २२ः२० मा विमानस्थलमा अवतरण भएको हो । यो नयाँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्ससँग तीन एअर बस ए ३२०–२१४ र एक एअरबस ए ३१९–११५ गरी चारवटा विमान हुने भएको छ ।