कोरोना भाइरस पुर्वतयारी : ठाउँ ठाउँमा समिति, एम्बुलेन्स समेत तयारी अबस्थामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ४, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ४, काठमाण्डौ । यूरोपमा कोरोना भाइरस कोभिड–१९ संक्रमण बढ्दै गएको समाचार बाहिरिए सँगै त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ भन्ने विषयमा सवैको चासो बढ्न थालेको छ ।
तुलनात्मक रुपमा धेरै नेपाली रहेको पोर्चुगलमा कोरोनाका कारण अहिले नै आत्तिहाल्ने अवस्था नरहेको गैर आवासीय नेपाली संघ पोर्चुगलले जनाएकोे छ । गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले यहाँको सरकार कोरोना संक्रमण नियन्त्रण गर्न गम्भिरतापूर्वक लागेकोले आत्तिहाल्ने अवस्था नभए पनि सजक हुन आवश्यक रहेको जानकारी दिए ।

संघले कोरोना संक्रमण फैलन नदिन पोर्चुगलको विभिन्न ठाउँमा समिति नै गठन गरेर काम गरिरहेको बताए । आफूहरूले कुनै नेपाली विरामी भए अस्पताल लैजानको लागि एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने सम्मको व्यावस्था गरेको अध्यक्ष गैरेले जानकारी दिए ।

उहाँको पोर्चुगल सरकारले आफ्ना नागरिक र बाहिरी नागरिक सवैलाई एउटै व्यवहार गर्ने भएकोले संक्रमणको आशंका भएका नेपालीहरुलाई त्यसै अनुरुप उपचार भईरहेको जानकारी दिए । पछिल्लो जानकारी अनुसार पोर्चुगलमा एक संक्रमित नेपालीसंँगै ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भए तापनि नाम र उमेरबारे केही खुलाइएको छैन । संघले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र जानै परे सुरक्षित तरिकाले निस्कन सजक गराईरहेको अध्यक्ष गैरे बताउछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस