आजबाट देशैभर लामो दूरीका गाडी बन्द, एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउनमा रोक !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १०, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाण्डौ । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड १९ संक्रमणबाट बच्न सरकारले आज सोमबार देखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा यो जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले गरेको सम्बोधनमा भनिएको छ, ‘आगामी चैत १० गते आज देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’ लामो दूरीअन्तर्गत एक जिल्लाबाट अर्को जिल्लामा पनि गाडी चलाउन नपाइने महागरीय ट्राफिक महाशाखाले जनाएको छ ।

आज बिहानैदेखि काठमाडौंका सडक सुनसान देखिन थालेका छन् । सार्वजनिक सवारीसाधनको संख्या ह्वात्तै घटेको छ भने निजी सवारीसाधन पनि कमै चलेका छन् । कोरोना संक्रमणको डरले काठमाडौंबाट धेरै मासिन आफ्ना गृहजिल्ला फर्किएकाले यात्रुसमेत घटेको छ । बजारमा चहलपहल कम भएको छ । सम्बोधनमा ‘केही अवधिका लागि’ भनिएकाले यो बन्द कहिलेसम्म जारी रहन्छ भन्ने अनिश्चित देखिन्छ ।

सम्भवतः कोरोना महामारीको अवस्था हेरेर बन्द खुलाउने सरकारको तयारी हुन सक्छ । तर यो महामारी कहिले साम्य हुन्छ भन्न सकिने स्थिति नरहेकाले यातायात कहिले खुल्छ अहिल्यै भन्न गाह्रो छ । अन्तर्राष्ट्रिय उडान त हिजैदेखि बन्द गरिएको छ । तर, आन्तरिक उडान र छोटो दुरीका सवारी साधन भने यथावत सञ्चालन हुनेछ सरकारले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस