चैत्र १०, रसुवा । रसुवा प्रवेश गर्ने प्रमुख बेत्रावती नाका पनि नेपाल सरकारको अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । विश्वव्यापी फैलिएको कोरोना कोभिड १९ संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै आज बिहानदेखि अत्यावश्यक सवारी साधनबाहेक अन्य दोहोरो आवतजावत गर्न बन्देज गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
यसैगरी सरकारी वा संस्थानका सवारी साधन, सार्वजनिक सवारी साधन जिल्लाभित्र वा बाहिर सञ्चालन गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको अनिवार्य स्वीकृति लिएर मात्र चलाउने व्यवस्था गरिएको छ । जिल्लाभित्रका मेला, पर्व, पूजा, गोष्ठी, सेमिनार, भेला, भेटघाट जस्ता जनभेला हुने कुनै पनि कार्यक्रम सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको छ ।