चैत्र १०, थाक्रे । धादिङ थाक्रे गाउँपलिकाले आकस्मिक बैठक बसेर बिभिन्न निर्णयहरु गरेको छ । कोरोना भाइरसबाट सचेतना अपनाउने उपायहरुका बारेमा यी निर्णयहरु लिईएको हो ।
थाक्रे गाउँ पालिकाको अाकस्मिक बैठक बसेको छ ।
• थाक्रेको गा पा भित्रका संभावित रेड क्षेत्र पहिचान गर्ने र सम्यमता अपनाउने
• गाउँ पालिकाले तयार गरिएको सन्देश मुलक पर्चा घरघरमा पुर्याउने
• जन प्रतिनिधीको अगुवाइमा , कर्मचारी , स्वास्थ्यकर्मी , सामाजिक मनोपरामर्स कर्ता , शिक्षक , संघ संस्था प्रतिनिधि लगायत को टोलीले घरघरमा पुगेर परामर्श दिने
• हात नमिलाउने र नमस्कार गर्ने संस्कार बिकास गर्ने
• जनप्रतिनिधिको एक महिनाको तलब भत्ता , कर्मचारीको एक दिनको तलब रहने गरी अापतकालिन कोष बनाईएको छ, जसमा रु २५ लाख जम्मा गरिएको
• सो कोष सञ्चालन गर्न गा पा अध्यक्ष रामकुमार अाचार्यको संयोजकत्वमा
अम्बिका रुपाखेती
पुर्ण बहादुर कार्की
शेसकान्त पौडेल ,
रविन्द्र पाण्डे रहेको समिति गठन गरिएको छ
• हरेकवडामा एउटा मा वि लाई सरसफाइ गरेर क्वारेन्टाइन काे लागि तयारी अवस्थामा राख्ने
• अावश्यक कीट सोही कोषले व्यवस्था गर्ने
• बजार अनुगमन र ब्यवस्थापन गर्न प्रमुख प्रशासकीय अधिकृत शेसकान्त पौडेल को संयोजकत्वमा पुर्ण बहादुर कार्की , अमित घले , कुमार बैरागी र सीता गुरुङ रहेको अनुगमन समिती गठन
• अापतकालिन बाहेक का नियमित गा पाका सेवा २१ गतेसम्म बन्द गरिएको छ ।तर यश अवस्थामा कर्मचारीले बिदा लिन नपाउने
• अनवरत खटिने र स्वास्थ्यकर्मी लाई थप भत्ताको ब्यवस्थापन
• शिक्षक , कर्मचारी , संघ संस्थाका पदाधिकारी ,सबैलाई सहभागी गराउने
• क्रसर, ढुङ्गा खानी लगायत कारखाना बन्द गर्नुपर्ने
अनावश्यक हावादारी पोष्ट गरेर अातंकित पार्ने लाई कारवाही गर्ने