चैत्र ११, काठमाण्डौ । संयुक्त राष्ट्रसंघले विश्वमा भइरहेका सबै युद्ध रोक्न आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कोरोना भाइरसको प्रकोपसँग जुध्न सबै किसिमका युद्ध रोक्न आह्वान गरेका हुन् । अहिलेको अवस्था राष्ट्रसंघको ईतिहासकै खराब स्वास्थ्य संकट भएको बताउँदै अहिलेको जोखिमसँग लड्न तत्काल सबै युद्ध रोक्न आवश्यक भएको गुटरेजले बताए ।