चुरोट, बिँडी खानेहरु कोरोनाको उच्च जोखिममा : विश्व स्वास्थ्य सङ्गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १७, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र १७, काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठनले चुरोट, बिँडी खाने धूम्रपान गर्ने हरु कोरोना भाइरस ९कोभिड १९० को उच्च जोखिममा रहेका बताएको छ । चुरोट, बिँडी खानेहरुलाई पहिले नै फोक्सोको रोग हुने जा फोक्सोको क्षमता कमजोर हुन सक्ने भएकोले गम्भीर बिरामीको जोखिम बढाउने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

चुरोट, बिँडीका कारण शरीरमा अक्सिजनको मात्रा कम हुने वा शरीरको क्षमता बढाउने शक्ति कम हुने हुँदा त्यस्ता व्यक्तिलाई निमोनिया जस्ता फोक्सोको गम्भीर समस्याको जोखिम हुने जनाइएको छ । यसको साथै चुरोट, बिँडी खानेहरुले कोरोना भाइरस प्रसारणलाई बढाउने जोखिम पनि धेरै रहेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । चुरोड, बिँडी समात्ने औँला तथा चुरोट बिँडी ओठको सम्पर्कमा रहने भएकोले हातबाट भाइरस सर्ने जोखिम उच्च रहेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस