पीपीईबारे किन जंगिए महावीर पुन ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १८, मंगलबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र १८, काठमाडौँ । वैज्ञानिक महाविर पुनले आफूले बनाएको पर्सनल सेक्युरिटी इक्विपमेन्ट( पीपिईलाई सरकारी पक्षले गरेको असहयोगलाई लिएर व्यङ्गय गरेका छन् । आफूले सकेसम्म पीपिई राम्रो बनाएको भन्दै निशुल्क वितरण हुने यो सामग्रीले गरिब जनताको सास थाम्ने आशा व्यक्त गरेका छन् ।

Mahabir Pun@MahabirPun

हामीले जाने सम्म सुरक्षित बनाएर फ्री मा बाँडेको PPE को बारेमा:- केहि खाने कुरा नपाएर बनको कन्दमुल खाएर प्राण धान्न प्रयास गरिरहेका पिडितहरुलाई कसैले यसो भन्यो भने के भन्ने? – “हैट, कन्दमुल र झारपातहरू किन खाएको? मासु भात, दुधदहि, फलफुलहरु पो खानु पर्छ. यस्तो झारपात खाएर मर्लाउ.”

View image on Twitter

पुनले निर्माण गर्न लागेको पीपिईलाई नापतौल तथा गुणास्तर विभागले परीक्षण गरिरहेको र बुधबार अन्तिम निर्णय हुने जानकारी दिएको छ । पीपिईको चरम अभाव भएको समयमा आफूले बनाएको यो सामग्रीको महत्व रहेको उनले आफ्नो टीट्वरमार्फत स्पष्ट बनाउन खोजेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस