विपन्नले तीन दिनभित्रै राहत पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १९, बुधबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

चैत्र १९, काठमाण्डौ । कोरोना भाइरस रोकथामको लागि सरकारले मजदुर तथा गरिब दुःखीलाई दिने राहत तीन दिन भित्रै वितरण हुने भएको छ । अर्थ मन्त्रालयले गएको आइतबार राति मन्त्रिपरिषद्ले गरेको घोषणा कार्यान्वयनको लागि कार्ययोजनासमेत बनाइसकेको छ ।

अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा बनेको समितिले कार्ययोजना बनाएको हो । कार्ययोजनाअनुसार तीन दिनभित्र पालिकाहरुले यस्तो दाल, चामल, चिनी, नुन तेललगायतका खाद्यान्न वितरण थाल्नुपर्नेछ ।

यस्तै अरुको सहारामा बाँच्नुपरेका, वृद्धाश्रम र बालगृहमा रहेका बालबालिकालाई ’लकडाउन’ अवधिभरी पुग्नेगरी खाद्यान्नको साथमा वडा कार्यालयले थप राहत दिन सक्नेछ । यसरी राहत दिँदा परिचयपत्रको आधारमा दिने, अनियमितता हुन नदिन राहत लिनेको जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा पठाउनुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस