कोभिड–१९ संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २०, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस कोभिड–१९ संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस