दमकमा टोल सिल गरेर प्रारम्भिक जाँच

Post Thumbnail

वैशाख १४, दमक । झापाको दमक ३ मा एकजना बृद्धमा कोरोना भाइरस पोजेटिभ देखिएपछि त्यस क्षेत्र सिल गरेर आइतवार विहानै देखि ४ वटा स्वास्थ्यकर्मीहरुको टोलीले उक्त परिवारको सम्पर्कमा आएकाहरुको प्रारम्भिक जाँच शुरु गरेको छ । यस्तो क्षेत्रमा जाँदा सावधानी अपनाउने र स्वाब संकलनको बारेमा प्रदेश १ सरकारले शनिवार दमकमा स्वास्थ्यकर्मीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको थियो ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिका संयोजक समेत रहनु भएका नगर प्रमुख रोमनाथ ओली सहित टोली विहानै स्वास्थ्यकर्मी सहितको टोली लिएर सिल गरिएको क्षेत्रमा पुगेका हुन् । ७२ देखि ८० जनासम्मको पहिलो चरणमा ¥यापीड डाइग्नोस्टिक टेस्ट आरडीटी विधिबाट जाँच गरीने र उनिहरुको स्वाब संकलन गरेर त्यो पनि परीक्षणका लागि पठाईने तयारी भएको बताईन्छ ।

सरकारी दमक अस्पतालका प्रमुख डा खड्गलाल पयाङ्गुको नेतृत्वमा ४ वटा टोली उक्त क्षेत्रमा परिचालित भएको नगर प्रमुख ओलीले बताए । प्रारम्भिक चरणको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेकाहरुको आज नै आरडीटी विधिबाट उक्त स्थलमा नै परीक्षणको ब्यवस्था मिलाईएको छ, ओलीले भने ।

करिब ४ सय जना प्रत्यक्ष अप्रत्यक्ष रुपमा संक्रमित परिवारसंग सम्पर्कमा रहेको पनि दमक नगरपालिकाको स्वास्थ्य शाखाले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुवईबाट एक महिना अघि छोरा आएको र छोराबाट नै बाबुमा कोरोना सरेको अनुमान पनि स्वास्थ्यकर्मीहरुले लगाएकाछन् ।

आरडीटी परिक्षणमा पोजेटिभ देखिएका छोरा स्वाब परीक्षण रिर्पोट भने नेगेटिभ आएको थियो । आमामा पनि आरडीटी पोजेटिभ आएकोमा स्वाब परीक्षण नेगेटिभ आएकाले परिवार नै संक्रमित भएको देखिएपछि ठुलो संख्यामा अन्य ब्याक्तिहरु सम्पर्कमा आएको हुनसक्ने देखिएको छ ।

सोहि घरमा कोरोना जाँच भएको दूइदिन अघि मावलको हजुरआमाको काजक्रिया भएको र शुद्धाइमा ५० भन्दा बढि आएको पनि बताईन्छ । यसले गर्दा टाढाटाढाका आफन्तहरुको पनि जाँच गर्नु पर्ने देखिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस