धादिङ थाक्रे गाउँपालिकालाई थाक्रे युवा समाजद्धारा खाद्यान्न सहयोग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख १४, आईतबार (५ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

वैशाख १४, थाक्रे । धादिङको थाक्रे गाउँपालिकालाई थाक्रे युवा समाजले खाद्यान्न सहयोग प्रदान गरेको छ । लकडाउनको समयमा आर्थिक कमजोरी भएका तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई लक्षित गरि स्थापना भएको राहात संकलन अभियानमा थाक्रे युवा समाजले पनि ऐकबद्धता जनाएको हो । थाक्रे युवा समाज नेपालका सम्पुर्ण कार्य समितिका सदस्यहरु मार्फत आर्थिक सहयोग संकलन गरि जम्मा ६० हजार बराबरको खाद्यान्न सहयोग गरिएको युवा समाज नेपालका अध्यक्ष दिलिप पौड्यालले जानकारी दिए ।

एक द्धार प्रणली मार्फत स्थानिय सरकार थाक्रे गाउपालिकामा सहयोग हस्तान्तरण गरिएको सस्थाका अध्यक्ष पौडेलले बताए । सस्थाले अगाडि देखिनै विभिन्न आपत बिपतमा सहयोग गर्दै आइरहेको छ र अब निरन्तर थाक्रे युवा समाज नेपालले सकेको सहयोग गरिरहने प्रतिबद्धता समेत जनाएको थाक्रे युवा समाज नेपालका सस्थापक सदस्य श्री शम्भु पौडेलले जानकारी दिए ।

-समाचार तथा फोटोहरु देवकी पौडेलको सहयोगमा ।

ताजा अपडेट

खोजी गर्नुहोस