वीरगञ्जकी २३ वर्षीया युवतीको मृत्यु कोरोनाबाट नभएको पुष्टि

Post Thumbnail

वैशाख १५, काठमाडौं । वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएकी कोरोना आशंकित २३ वर्षीया युवतीको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ । हेटौंडा स्थित प्रयोगशालामा स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी गराएका छन् । यस अघि नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा। मदन उपाध्यायले निज युवती ब्लड क्यान्सरको बिरामी र निजलाई कोरोना संक्रमण भएको आशंकामा आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको बताएका थिए ।

मृत्यु भएकी ती युवतीको स्वास्थ्य समस्या देखिएपछि गत चैत ५ गते चितवन जिल्लाको भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर भएको प्रमाणित भएको र चैत ९ गते डिस्चार्ज भई वीरगञ्ज ११ अशोकवाटिका स्थित आफ्नो घर आई बसेकी थिईन् ।

ताजा अपडेट

खोजी गर्नुहोस