सिरहामा व्यापार समितिले गरीब तथा बिपन्न वर्गलाई निःशुल्क खाना खुवाउदै

Post Thumbnail

वैशाख १७, काठमाण्डौ । विश्वमा महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरस कोभिड १९ रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित यात्रु, अति विपन्न वर्ग, असहाय तथा गरिब समुदाय का लागि सिरहाको सुखीपुर नपा स्थित उद्योग ब्यपार समिति सुखीपुरले आजबाट निस्शुल्क खाना शिबिर को व्यवस्था गरेको छ ।
सुखीपुर उद्योग ब्यपार समिति सुखीपुरले आफनै भवनमा बुधवार देखि दैनिक दिनको ११ बजे देखि २ बजे सम्म निः शुल्क खाना खुवाउने भएका छ्न । दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नु समस्या पर्दै आएको परिवारका सदस्यहरुलाई नि शुल्क खाना को ब्यबस्था गरेको उद्योग ब्यपार समिति सुखीपुरले बताएका छ्न । सामाजिक दुरी कायम गर्दै आज खुवाएको खाना को सम्पुर्ण खर्च को सहयोग स्थानीय ब्यापारी कामेशर प्रशाद चौधरी ले गरेको उद्योग ब्यपार समिति बताएका छ्न ।
-राजेन्द्र महतो

ताजा अपडेट

खोजी गर्नुहोस