म्याग्दी जिल्ला डेंगुको उच्च जोखिममा, एकै दिन तीनजनामा संक्रमण

Post Thumbnail

वैशाख २२, म्याग्दी । म्याग्दी जिल्ला डेंगुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीनजनामा डेंगु संक्रमण देखिएको छ । बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा संक्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेंगु संक्रमितको संख्या पाँच पुगेको छ ।

एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेंगु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले बताए । ‘म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेंगु संंक्रत भेटिएका छन्, ‘उहाँहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन”, डा बस्ताकोटीले भने । वैशाख महिनामा चार पुरुष र एक महिलामा डेंगुको संक्रमण देखिएसँगै म्याग्दी डेंगु रोगको जोेखिम उच्च रहेको डा बस्ताकोटीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस