वैशाख २२, वीरेन्द्रनगर । कर्णाली प्रदेशको प्रदेश विपद् व्यवस्थापन परिषदले १ हप्ताका लागि सम्पूर्ण प्रदेश सिल गर्ने निर्णय गरेको छ । छिमेकी प्रदेशहरु प्रदेश नम्बर ५ र सुदूरपश्चिममा कोरोना संक्रमितहरु देखिएपछि परिषदले १ हप्ताका लागि सम्पूर्ण प्रदेश नै सिल गर्ने निर्णय गरेको हो ।
सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले १ हप्ताका लागि प्रदेश सिल गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार परिषदले गरेको निर्णय तत्काल लागू हुने जनाएको छ । परिषदको बैठकले प्रदेशभर २५ ठाउँमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय समेत गरेको छ ।