कर्मचारी दरबन्दीको किर्ते लिखत बनाई हुलाकमा दुई करोड हिनामिना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ ८, सोमबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाण्डौ । कर्मचारी दरबन्दीको किर्ते लिखत तयार गरी जिल्ला हुलाक कार्यालय दैलेखमा झन्डै दुई करोड रुपैयाँ हिनामिना भएको छ । किर्ते लिखत तयार गरी वास्तविकभन्दा दुई गुणाभन्दा बढी दरबन्दी कायम गरेर तलबभत्ताबापतको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन हुलाक सेवा विभाग र लेखा नियन्त्रक कार्यालयसहितका आठजना कर्मचारीविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

दरबन्दी थप गरेको दरबन्दी चार्टको गलत लिखत बनाई हुलाक सेवा विभागमा पेस गरेको र त्यसका आधारमा भुक्तानी दिएको अभियोगमा आयोगले कार्यालयका तत्कालीन कार्यालय प्रमुख अमरबहादुर मल्लविरुद्ध मुद्दा दायर गरेको हो । मल्लले पदको दुरुपयोग गरेर सरकारी सम्पत्ति हिनामिना गरी सरकारलाई हानिनोक्सानी पु(याएको आयोगले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस