काभ्रेमा लकडाउन उल्लंघन गरेका सवारीबाट २० लाख राजश्व संकलन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १९, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार १९, काभ्रेपलाञ्चोक । सरकारले कोरोना भाइरस संक्रममण नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । सरकारले घोषणा गरेको लकडाउनको १ सय दिन बितिसक्यो । हालको लागि लकडाउन खुकुलो भएसँगै सडक सवारी बाक्लै रुपमा गुडेको देखिन्छ । लकडाउन खुकुलो भएपनि सवारी चेकजाँचलाई भने ट्राफिक प्रहरीेले निरन्तरता दिइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सरकारले उपत्यकामा लकडाउन खुकुलो गर्नुको साथै सवारीमा जोर बिजोर प्रणाली लागू गरेसँगै जिल्लामा पनि सडकमा धेरै सवारी गुड्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले बताए ।

उनका अनुसार लकडाउनको सुरुवाती चरणदेखि नै जिल्लामा लकडाउन कार्यान्वयनमा कुनै सम्झौता गरिएको छैन । लकडाउनको सय दिनमा जिल्लामा अनावश्यक रुपमा गुडेका २३ सय ५० सवारीलाई प्रहरीले नियन्त्रणमा लिइएको कार्यालयको विवरणमा उल्लेख छ । नियन्त्रणमा लिएका सवारी दिनभर प्रहरी कार्यालयको नियन्त्रणमा रहने र साँझ ट्राफिक नियम अनुसार १ हजार रुपैँया जरिवानापश्चात सवारी छोड्ने कानुनी प्रावधान रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले बताए । लकडाउन उल्लंघन गरेका उक्त सवारीबाट कार्यालयले २० लाख ४ हजार राजश्व संकलन गरेको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस