भूकम्पले क्षति पुगेका ५ लाख घरको पुनर्निर्माण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १९, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार १९, काठमाण्डौ । भूकम्पले क्षति पुगेका ५ लाख घरको पुनर्निर्माण सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अहिलेसम्म ५ लाख ७ हजार ६ सय २३ घर पुनर्निर्माण भएका छन् । प्राधिकरणले झण्डै ७ लाख ८६ हजारसँग अनुदानको सम्झौता गरेको छ । तीमध्ये तेश्रो किस्ताको अनुदान रकम भुक्तानीका लागि ५ लाख ८७ हजार ४ सय ५२ घर प्रमाणीकरण भैसकेका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ सुशील ज्ञवालीले जानकारी दिए ।

झण्डै २ लाख २ हजार घर पुनर्निर्माण भैरहेका छन् । पुनर्निर्माण भैसकेका र बन्दै गरेका गरी ७ लाख १० घर रहेका प्राधिकरणको तथ्याङक छ । २०७२ सालको भूकम्प र त्यसपछिका परकम्पले क्षति गरेका ८ लाख ३२ हजार ४ सय ८ घर लाभग्राही सूचीमा छन् । तीमध्ये झण्डै ७७ हजार प्रवलीकरण गर्नुपर्ने अवस्थाका छन् ।

प्रवलीकरणको काम भने अहिले पनि अन्यौलमै छ । प्रवलीकरण गर्न लाभग्राही इच्छुक नदेखिएको प्राधिकरणको भनाइ छ । तर प्राधिकरणले आवश्यक प्रविधि र जनशक्ति खटाउन नसक्दा समस्या भैरहेको प्रवलीकरण लाभग्राहीको गुनासो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस