तातोपानी नाकाबाट छ कन्टेनर भित्रिए

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ माघ २८, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाण्डौ । मितेरी पुलको मर्मतका लागि बन्द गरिएको तातोपानी नाका तीन सातापछि खुलेको छ । नाका खुलेसँगै मंगलबार ६ कन्टेनर चिनियाँ सामाग्री नेपाल भित्रिएका छन् । कोरोना संक्रमण सन्त्रास, नाका प्रति स्थानीयको फरक बुझाईलगायतका कारण पटक पटक बन्द भएको नाका पछिल्लो पटक मितेरी पुल मर्मतको लागि बन्द रहेको २१ दिनपछि मंगलबारबाट पुनः सुचारू भएको हो ।

चिनियाँ पक्षले नेपाल चीन सीमा मितेरी पुल मर्मतमा लागि २० दिनका लागि बन्द गरेको थियो । नाकाबाट मंगलबार छ कन्टेनर सामान नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस