पुनर्निर्माणका लागि भारत सरकारले कूल २५० मिलियन अमेरिकी डलर दिने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन ६, बिहिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुण ६, काठमाण्डौ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पा तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काठमाडौंको कागेश्वरी नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण कार्यका लागि आयोजित भूमि पूजन कार्यक्रममा सहभागी भएका छन् । उक्त समारोहमा कागेश्वरी नगरपालिकाका मेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव तथा श्री कान्ति भैरव विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारत सरकारले कूल २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । शिक्षा क्षेत्रका लागि भारतको ५० मिलियन अमेरिकी डलर प्रतिबद्घता रहेको छ । यस सहयोग अन्तर्गत नेपालका आठ जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएका ७१ वटा शैक्षिक संस्थाहरुको पुनर्निर्माण भइरहेको छ । गोरखा र नुवाकोट जिल्लामा ८ वटा विद्यालयहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ५६ वटा विद्यालयहरु निर्माणाधीन अवस्थामा छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयको पुनर्निर्माणका लागि बोलपत्र आव्हान सम्बन्धी कार्य पनि अघि बढाइएको छ ।

नेरु २६.६ करोडको लागतमा पुनर्निर्माण भइरहेको श्री कान्ति भैरव माध्यमिक विद्यालय नेपाल सरकारले तोकेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुनेछ । यस नवनिर्मित तीन तल्ले भवनमा ३० वटा कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला÷अभ्यास कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना तथा फर्निचरको व्यवस्था हुनेछ । यी विद्यालयहरुको निर्माणका लागि केन्द्री यभवन अनुसन्धान संस्थान सीबीआरआई, रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

सोही अवसरमा नेरु। ५१.८ करोडको लागतमा ६ वटा माध्यमिक विद्यालयको निर्माणका लागि भारतीय राजदतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षा बीच एक सम्झौतापत्रमा हस्ताक्षर भयो । ६ वटा विद्यालय मध्ये कान्ति भैरव माध्यमिक विद्यालय, चम्पादेवी माध्यमिक विद्यालय, धापासी माध्यमिक विद्यालय, विष्णुदेवी माध्यमिक विद्यालय गरी चारवटा विद्यालयहरु काठमाडौं जिल्लामा पर्दछन् भने बाँकी दुईवटा सिद्घेश्वर माध्यमिक विद्यालय र हरिसिद्घि माध्यमिक विद्यालय काभ्रे जिल्लामा पर्दछन् ।

कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले भारत र नेपालबीचको बलियो र सशक्त विकास साझेदारी यस परियोजना शुभारम्भ कार्यक्रमले चरितार्थ गरेको बताए । नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासमा नेपाल सरकार तथा यसका निकायहरुसँग हातेमालो गर्दै दुई देशबीचको सहकार्यलाई अघि बढाउन भारत सदैव प्रतिबद्घ रहेको जानकारी नियोग उप–प्रमुखले गराए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस