महिला उद्यमी अंकिता सुमार्गीलाई मातृशोक

Post Thumbnail

जेठ ३, काठमाडौँ । सफल तथा कुशल व्यवसायी अरुणराज सुमार्गीकी जीवन संगिनी तथा उद्योग वाणिज्य संघ मकवानपुरकी महिला जिल्ला सभापति अंकिता सुमार्गीलाई मातृ शोक परेको छ । व्यवसायी अरुणराज सुमार्गीकी सासुआमा आशा उपाध्यायको बैशाख ३० गते हृदयघातका कारण निधन भएको हो ।

भारतको लखनऊ निवासी ६७ वर्षिया आशा उपाध्यायको छोरी ज्वाईको परिवारले आयोजना गरेको विराट ज्ञान महायज्ञको समापन पछि निधन भएको थियो । सुमार्गी परिवारले हेटौँडामा प्रत्येक पाँच वर्षमा आयोजना गर्दै आएको विराट ज्ञान महायज्ञअन्तर्गतको कार्यक्रम सकिएपछि उपाध्यायको मृत्यु भएको हो ।

स्वर्गिय उपाध्याय लखनऊ निवासी राजकुमार उपाध्यायकी श्रीमति हुन् । उनीहरुको एक छोरा रोहित लक्की उपाध्याय र छोरी छन् । उनको क्रियाकर्म वैद्धिक परम्परा अनुसार महायज्ञ भएको स्थल नजिक हेटौंडाको राप्ती तट रहेको क्रियापुत्रि भवनमा भइरहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस