कृषिका ५० उद्योग स्थापनामा सरकारको बेवास्ता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ ५, शुक्रबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ५, काठमाण्डौँ । मुलुकमा औद्योगिक ग्राम घोषणा गरिए पनि त्यसको कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा नराख्दा कृषिसँग सम्बद्ध ५० ओटा साना उद्योग स्थापना गर्ने योजना ३ वर्षदेखि अघि बढ्न सकेको छैन ।

आवश्यक बजेट व्यवस्थापनदेखि उचित समन्वय नहुँदा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०, डिजाइन र जग्गासमेत प्राप्त भएको महिला उद्यमी हरित औद्योगिक ग्रामको काम अघि बढ्न नसकेको हो ।

महिला उद्यमीलाई लक्ष्य गरेर शुरू गरिएको यो ग्राम सञ्चालनमा ल्याउन महिला उद्यमीले प्रयास गरे पनि हालसम्म सञ्चालनका लागि आवश्यक पूर्वाधार बन्न सकेको छैन । औद्योगिक ग्राम स्थापना गर्न काभ्रेको पाँचखाल नगरपालिकासँग जग्गाका लागि सम्झौतासमेत भइसकेको छ ।

२५ वर्षका लागि सय रोपनी जग्गा भाडा लिन सम्झौता भइसकेको ग्रामकी अध्यक्ष शारदा रिजालले जानकारी दिइन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस