बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा राष्ट्रिय परिचय अनिवार्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ५, शुक्रबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ५,काठमाडौँ । सरकारले राष्ट्रिय परिचय पत्र लिन थप कसिलो व्यवस्था घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रममा बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था गरेको हो । यो कार्य आगामी तीन वर्ष भित्र लागु हुने नीति तथा कार्यक्रममा भनिएको छ ।

नागरिकको जैविक विवरण एक पटक मात्रै लिने पनि सरकारले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस