डाक्टर कुटपिट प्रकरण : श्रीमती र छोरीपछि छोरा र भतिज पनि पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २८, बिहिबार (१ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

भाद्र २८, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १ मा रहेको सन्चो अस्पतालका डाक्टरलाई कुटपिट गरेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ ।

एक महिनाअघि डेंगु संक्रमणबाट हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएपछि उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तले डाक्टर विकास थापा र प्रशान्त विडारीलाई कुटपिट गरेका थिए ।

उनीहरूले अस्पताल भित्रै छिरेर डाक्टरलाई कुटपिट गरेका हुन् । सीसीटीभी फुटेजको आधारमा प्रहरीले यसअघि नै मृतक प्रधानकी श्रीमती रमा र छोरी रमितालाई पक्राउ गरेको थियो भने घटनामा संलग्न छोरा रोहीत र भतिज अनुप प्रधानलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस