दसैं लक्षित अग्रिम टिकट बुकिङ खुलाउन छलफल, यातायातका विविध समस्या सम्बोधन हुनुपर्ने दावी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० आश्विन ५, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ५, काठमाडौँ । यातायात मन्त्रालयमा आउँदो दसैं पर्व लक्षित सार्वजनिक बसको अग्रिम टिकट खुलाउन सरोकारवालाबीच छलफल थालिएको छ।
यो वर्षको दसैं आगामी ७ कात्तिकमा परेको छ।

काठमाडौंमा व्यापार, व्यवसाय, रोजगारी र अध्ययनका लागि बस्ने उपत्यकाबाहिरका नागरिक दसैंमा टीका लगाउन आ–आफ्ना मूलघर जाने गरेका छन्।
दसैंमा अग्रिम रुपमा बसको टिकट खुलाउन आजदेखि छलफल थालिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । चाडपर्वको टिकटसँगै सडक सुधारका लागि पनि सरोकारवाला निकायबीच छलफल भइरहेको उनले जानकारी दिए ।

अग्रिम टिकट खुलाएसँगै यातायातका विविध समस्या सम्बोधन हुनुपर्ने र सडक सञ्चालन गर्ने वातावरण बनाउन सरकारी निकायलाई सुझाव दिइएको उनको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस