राहतका शिक्षकहरुको आन्दोलन आज पनि हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ७, आईतबार (१ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौँ । राहतका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ । सरकारसँग शुक्रबार साँझ गरेको सहमतिप्रति असन्तुष्ट राहतका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको हो ।

शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमतिप्रति राहतका शिक्षकहरुले भने असहमति प्रकट गरेका छन् । अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरेर घर फर्के पनि राहतका शिक्षकहरु भने आन्दोलनमा नै रहेका छन् । शिक्षक महासंघले धोका दिएको राहत शिक्षकहरूको आरोप छ ।

राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले हिजो शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।
माग पुरा नभएसम्म आन्दोलन जारी रहने नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस