आजको मौसम कस्तो छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १२, शुक्रबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागको थोरै स्थानहरुमा र बाँकी भूभागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू(भागको थोरै स्थानहरुमा र बाँकी भूभागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस