नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षकविरूद्ध मुद्दा दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १२, शुक्रबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै कैलालीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहविरूद्ध मुद्दा दायर गरेको हो ।

आयोगले घोडाघोडी नगरपालिका २ साडपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा रातह शिक्षकमा कार्यरत शाहमाथि आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दाय गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालले शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न परेको उजुरीका आधारमा अनुसन्धान हुँदा प्रमाणपत्रहरू झुट्टा प्रमाणित भएपछि मुद्दा दायर गरेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस