सिंगटीबाट ४ किलो सुन सहित पक्राउ परेका विरुद्ध संगठित अपराध मुद्दामा अनुसन्धान

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० आश्विन १२, शुक्रबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

आश्विन १२,काठमाडौँ । दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ गरिएकाहरू विरुद्ध प्रहरीले संगठित सुन तस्करीको मुद्दामा अनुसन्धान थालेको छ । बुधवार ४ किलो सुन सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ छन् ।
आरोपितहरू विरुद्ध भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको दोलखाका डिएसपी दीपक खड्काले बताए ।

बिगु गाउँपालिका–३ जामुनेमा डेरा गरेर बस्ने केशर तामाङसमेतले अवैध रुपमा तस्करी गरेर ल्याएको सुन लुकाएर राखेको सुराक पाएपछि प्रहरीले केशर बहादुर तामाङको कोठा सर्च गर्दा सुन भेटिएको थियो । केशर, पेम्बा र माधवको बयानका आधारमा नुर्वु छिरिङ र सुनमाला बिहीबार भीमेश्वर नगरपालिका–६ स्थित शुभकामना होटलबाट पक्राउ परेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस