नेपालमा सुन काण्ड मौलाउँदै : विमानस्थलबाट फेरि सुन बरामद, एक महिला पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १३, शनिबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद हुने क्रम अझै रोकिएको छैन । त्रिभुवन विमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ ।

दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । उनका अनुसार बरामद सुन झण्डै तीन किलोग्राम छ । ‘दुबईबाट काठमाडौं आउँदै गरेको फिलिपिनो नागरिक सुनसहित समातिएकी छन् । समातिएको सुन झण्डै तीन किलोग्राम छ,’ उनले भने । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस